संगालोखबर सम्वाददाता

मोरङ, २७ माघ । मोरङको बेलबारी स्थित बेतना सिमसारमा नेपाल शिक्षक संघको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मोरङको ३ नम्बर क्षेत्रमा पर्ने सुन्दरहरैंचा नगरपालिका, बेलबारी नगरपालिका, पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकामा रहेका नेपाल शिक्षक संघका स्थानीय समितिहरुले संयुक्त रुपमा कार्यक्रम गरेका हुन् ।

कार्यक्रममा नेपाली कांग्रेस समर्थक शिक्षक र कांग्रेसका नेताहरुबीच अन्तरक्रिया गरिएको हो । सो अवसरमा कांग्रेस नेता एवं सांसद लोकप्रसाद संग्रौला, शेखरचन्द्र थापा, सूर्यमाराज राई, सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल, कांग्रेस महासमिति सदस्य बसन्त भट्टराई, ललित श्रेष्ठ, जिल्ला कोषाध्यक्ष गोपालबहादुर थापा लगायतले पार्टीलाई गाउँ–गाउँमा मजवुत बनाउँने काममा नेपाल शिक्षक संघको भूमिका महत्वपूर्ण रहेको बताए ।

त्यस्तै नेपाल शिक्षक संघका पूर्व केन्द्रिय अध्यक्ष केशव निरौला, १ नम्बर प्रदेश महासचिव ऋषिकेश कोईराला, जिल्ला अध्यक्ष शिवराज कोईराला, कार्यक्रमका अध्यक्ष एवं शिक्षक नेता सुरेन्द्रराज काफ्ले, शिक्षक नेताहरु श्रवणकुमार खवास, रुपनारायण भट्टराई लगायतले पार्टी र शिक्षकसँगवीच समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

सोही अवसरमा नेपाल शिक्षक संघको पेशागत मुद्दाहरु र नेपाली कांग्रेसको ऐतिहासिक पृष्ठभूमि एवं सिद्धान्तका विषयमा प्रा.डा.अनिल पोख्रेल र केशव निरौलाले शिक्षकहरुलाई प्रशिक्षण दिएका थिए । कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य डा.सुनिल शर्मा, भौसिदेवी खवास, कपिल सुवेदी लगायत पनि सहभागि थिए ।

भिडियो…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!