धरान, २२ माघ । प्रदेश नं १ को प्रदेशसभाको एक वर्षको अवधिमा २३ विधेयक पारित भएका छन् । सात विधेयक पाइलाइनमा रहेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।

Advertisement

प्रदेशसभाको २२३ दिनको अवधिमा जम्मा ७४ दिनमा ९७ पटक बैठक बसेको प्रदेश सचिवलायले जनाएको छ । समयको हिसाबले जम्मा ८८ घण्टा ३३ मिनेट संसद् बैठक बसेको थियो ।

सङ्घबाट लोकसेवा, प्रहरी, शिक्षालगायतका ऐन बेलामा नबन्दा कानून बाझिने भएकाले थप कानून निर्माणमा अवरोध भएको सभामुख भण्डारीले बताउनुभयो । प्रदेश १ बाट सबैभन्दा बढी कानून पारित भएको उहाँका भनाइ थियो ।

हालसम्मका ९७ बैठक तथा २३ कानून पारित गर्दा कुनै विवाद नभएको र बैठकसमेत एकै दिन पनि अवरोध नभएको सचिवालयले जनाएको छ ।

प्रदेश नं १ मा जम्मा ९३ प्रदेशसभा सदस्य रहनुभएको छ । जसमध्ये नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ६७, (पूर्वएमाले ५१, पूर्वमाओवादी केन्द्र १६) नेपाली काङ्ग्रेस २१, सङ्घीय समाजवादी फोरम नेपाल तीन, राप्रपा र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एक/एक रहनुभएको छ ।–

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!