भोजपुर, २१ माघ । जिल्ला अदालतले चालू आवको ६ महीनामा ६४ मुद्दाको फैसला गरेको छ । साउनदेखि पुस मसान्तसम्म विभिन्न शीर्षकमा १४७ मुद्दा परेको थियो । अझै ८३ मुद्दाको फैसला हुन बाँकी छ ।

Advertisement

छ महीनाको अवधिमा कर्तव्य ज्यानका सात, ज्यान मार्ने उद्योगको एउटा, जबर्जस्ती करणीका १६, जबर्जस्ती करणी उद्योगका चार, सम्बन्धविच्छेदका ४८, ठगीका तीन, अंशसम्बन्धी १५, मानाचामलका ६, गाली बेइज्जतीका पाँच तथा कुटपिटको ८ मुद्दा परेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!