इनरुवा, २० माघ । नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रलाई हरिनगर गाउँपालिका–४ का राजकुमार मेहता कोइरीले कार्यालय भवन निर्माणका लागि एक कठ्ठा जग्गा निःशुल्क दान दिनुभएको छ ।

Advertisement

करीब रु ४० लाख मूल्य बराबरको सो जग्गा कोइरीले निःशुल्क रूपमा दान दिएको नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रका प्रमुख सञ्जीवकुमार साहले जानकारी दिनुभयो ।

मेहताले आफ्नो स्वर्गीय आमा सम्झादेवी मेहताको सम्झनास्वरुप हरिनगर गाउँपालिका–४ मा रहेको ४ख कित्ता नं ३९२ र ३९३ भएको एक कठ्ठा जग्गा प्राधिकरणलाई दान दिनु भएको हो ।

सुनसरीको हरिनगर गाउँपालिकालगायत आसपास क्षेत्रमा सर्वसुलभ विद्युत् सेवा पुर्याउन त्यो क्षेत्रमा प्रशासन शाखा निर्माण गर्नका लागि जग्गा दान दिएको प्रमुख साहले बताउनुभयो । जग्गादाता कोइरीलाई सहयोगी भावनाको उच्च मूल्याङ्कन गर्दै प्राधिकरणले कदरपत्र र दोसल्लासहित सम्मान गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!