एजेन्सी । धनियाँले भान्सामा खानाको स्वाद र बासना बढाउने काम गर्छ यसका साथै यो मसला स्वास्थका लागि पनि निकै फाइदाजनक छ । यसको दानादेखि पत्तासम्म विभिन्न रोगको उपचारका लागि प्रयोग गर्न सकिन्छ ।
१. रुघाखोकी
यदि तपाई रुघाखोकीबाट ग्रसित हुनुहुन्छ भने धनियाँको रसमा मिश्री, बेसार र चूर्ण मिसाएर पिउनुहोस् । धनियाँको दाना चबाउँदा पनि चिसो लागेको र रुघाखोकीका लागि राम्रो हुन्छ । चियामा धनियाँको प्रयोग स्वास्थका लागि निकै फाइदाजनक मानिन्छ ।
२. पाचनप्रणाली
पाचनप्रणालीसम्बन्धी तपाईलाई कुनै समस्या छ भने धनियाँको पाउण्डर सेवन गर्नुहोस् ।
३. नाकबाट रगत बग्ने
यदि तपाईको नाकबाट रगत बग्ने समस्या छ भने धनियाँको रस नाकमा राख्नुहोस् तपाईलाई चाँडै आराम मिल्छ ।
४. टाउको दुखाई
टाउको दुख्ने समस्या छ भने धनियाँको पेस्ट टाउकोमा राख्नुहोस् यसले फाइदा गराउँछ ।
५. पेटमा संक्रमण
यदि तपाईको पेटमा जुका, चुर्ना जस्ता केही संक्रमण छन् भने सख्खरमा धनियाँको पाउडर मिसाएर सेवन गर्नुहोस् निजात पाउनुहुनेछ ।