ललितपुर, १७ माघ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्कले) जडान गरेको प्रविधि ‘किसान कल सेन्टर’मा यही माघ १४ गतेसम्म २५३ फोन आएको छ ।

Advertisement

किसानलाई विभिन्न सेवा तथा सुविधा पुर्याउने उद्देश्यका साथ नार्कले गत वर्षको चैतदेखि यो प्रविधि सञ्चालनमा ल्याएको हो । गत वर्षको चैतदेखि असार मसान्तसम्म ५७ कल आए, त्यसमा २२ वटा सम्बोधन भएँ, बाँकी ३५ वटा कल सम्बोधन हुन नसकेको नार्कका सञ्चार प्रकाशन तथा अभिलेख महाशाखा प्रमुख हरिकृष्ण उप्रेतीले जानकारी दिनुभयो ।

“एउटै किसानले लामो समयसम्म प्रश्न गर्ने भएकाले उक्त ३५ वटा कल सम्बोधन गर्न असफल भयौँ”, उप्रेतीले भन्नुभयो, “चालु आर्थिक वर्षको अहिलेसम्ममा १८३ कल आएका छन्, नार्कले यो सेवा सञ्चालनमा ल्याएपछि ४५ हप्ताको कार्यक्रम सम्पन्न गरिसकेको छ । ”

नार्कले हरेक किसानको फोन कल सम्बोधन गर्न प्रत्येक व्यक्तिलाई १० मिनेट समय दिएको छ । हरेक सोमबार दिउँसो २ देखि ४ बजेसम्म नेपालका विभिन्न जिल्लाका किसानबाट फोन आउँछ । एनटिसी र एनसेल प्रयोगकर्ता किसानले ११३५ नम्बर डायल गरी १२ देखि १४ जना कृषिविद्संँग आफ्ना जिज्ञासा मेटाउने गर्नुभएको बताइएको छ ।

“उप्रेतीले भन्नुभयो, “कृषि क्षेत्रसँग सम्बन्धित सरोकारवालाले आफ्नो मनमा लागेका जिज्ञासा मेटाउनुहोस् भन्ने उद्देश्यका साथ नार्कले फोन कल प्रविधि अघि बढाएको हो ।”

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!