धनकुटा, २७ पुस । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले मुलुकको परिवर्तनका लागि सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुँने बताएका छन् ।
प्रेस काउन्सिल नेपालले शुक्रवार धनकुटा सदरमुकाममा गरेको प्रदेशस्तरीय छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । प्रदेश नम्बर १ का सञ्चारकर्मी र सञ्चारगृहलाई थप व्यवसायिक, मर्यादित र सक्षम बनाउँदै अगाडि बढाउनुपर्नेमा पनि उनले जोड दिए ।
उनले त्यसमा केही सहयोग पुर्याउनुपर्ने भए निर्णय गर्न प्रदेश सरकार तयार रहेको धारणा राखे ।
नकारात्मक कुराको बढी खोजी गर्ने र सकारात्मक कुरालाई कम प्राथमिकता दिने क्रम बढेजस्तो देखिएको भन्दै मुख्यमन्त्री राईले त्यसमा सुधार ल्याउनुपर्ने आवश्यकता औल्याए ।