
धनकुटा । धनकुटामा ४ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको चौविसे गाउँपालिका–५ मौनाबुधुकका ४१ बर्षीय धनबहादुर तामाङलाई ४ बर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
केहि दिन अघि तामाङले बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ । पीडित बालिकाकी आमाले प्रहरीलाई घटनाको बिषयमा जानकारी गराएपछि अस्थायी प्रहरी पोष्ट मौनाबुधुक र ईलाका प्रहरी कार्यालय राजारानीको टोलीले तामाङलाई नियन्त्रणमा लिएको हो ।
उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
पक्राउ परेका तामाङविरुद्ध जबरजस्ती करणी अन्र्तगत मुद्दा दायर गरी घटनाको बिषयमा अनुसन्धान र कारबाही प्रकृया अघि बढाईने जिल्ला प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले संगालोखबरलाई बताए ।















