कृष्णनगर, १५ मङ्सिर । कपिलवस्तुमा ५०१ जना एचआइभी एड्स सङ्क्रमित रहेको पाइएकोे छ । जिल्लामा फेला परेका ५०१ जनाले अहिले ‘एआरटी’ नामक औषधि सेवन गरी रहेका छन् । तीमध्ये ५६ जना बालबालिका रहेका छन् ।

Advertisement

सङ्क्रमित बालबालिकालाई मासिक एक हजारका दरले भत्ता उपलब्ध गराउँदै आएको समर्पण सहयोग समूहका प्रशिक्षक रामबहादुर भरले जानकारी दिए ।

विश्व एड्स दिवसको अवसरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा कपिलवस्तुमा एचआइभी एड्स न्यूनीकरणको क्षेत्रमा काम गर्दै आएकोसमर्पण सहयोग समूहले सो जानकारी दिएको थियो ।

प्रशिक्षक रामबहादुर भरका अनुसार कपिलवस्तुमा ५०१ जना एचआइभी एड्स सङ्क्रमित अहिलेसम्म खुलेको र अझै समुदायमा २०० बढी सङ्क्रमितले रोग लुकाएर बसेको जानकारी दिए।

कपिलवस्तुको सीमा क्षेत्रका नेपाली नागरिक एचआइभी एड्सको जोखिममा रहेको विभिन्न तथ्याङ्कले देखाएको छ । सामाजिक बहिस्कारका कारणले गर्दा अझै पनि समुदायमा खुल्न नसकेको शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी चौधरीले बताए ।

नेपालमा कूल ३२ हजार ७४७ जना एचआइभी सङ्क्रमितमध्ये २० हजार १९८ पुरुष, १२ हजार ३६१ महिला र १८८ जना समलिङ्गी रहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!