सुर्खेत, ९ मङ्सिर । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मङ्सिर २ गते पेटदेखि छातीसम्म शरीर जोडिएर जन्मेका जुम्ल्याहा बालिकाको मृत्यु भएको छ ।

Advertisement

तीन किलो ६०० ग्राम तौलका जुम्ल्याहा बालिकाको गए राति मृत्यु भएको हो । गएको आइतबार रास्कोट नगरपालिका– ५ सिउना कालीकोटकी २८ वर्षीया ललिता बुढाले जुम्ल्याहा बालिकालाई जन्म दिएकी थिइन।

श्वासको गति बढ्दै गएपछि जुम्ल्याहा बालिकाको मृत्यु भएको डा राजीव शाहले जानकारी दिए । “भिडियो एक्स–रे गरेर हेर्दा जुम्ल्याहा बालिका दुवैको मुटु जोडिएको थियो”, उनले भने, “मुटु जोडिएकाको शल्यक्रिया गर्न सकिदैन ।” ललिताको ज्यान जोगाउन चिकित्सक सफल भएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!