
धनकुटा, ७ मंसिर । धनकुटामा गएराति पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
धनकुटा नगरपालिका–२ स्थित हिले–भीरगाँउ ग्रामिण सडकमा को.१ ज.१६५४ नम्बरको तरकारी बोक्ने पिकअप दुर्घटना हुँदा चालक भीरगाउँका ४१ बर्षीय प्रेम तामाङको घटनास्थलमै मृत्यु भएको हो ।
भीरगाँउको ढाँडखर्क सामुदायिक वन नजिक अनियन्त्रित भई पिकअप दुर्घटना भएको प्रहरी चौकी हिलेका इन्चार्ज यदु कुमार खड्काले संगालोखबरलाई जानकारी दिए । पिकअप सडकबाट करिव डेढ सय मिटर तल खसेको छ ।





















