बेझाड पाल्पा, ४ मङ्सिर । पाल्पा जिल्लामा ३१७ जना एचआइभी सङ्क्रमित फेला परेका छन् ।

Advertisement

आव २०७४/७५ मा ११ पुरुष, नौ महिला, १४ वर्ष मुनिका दुईजना बालबालिका गरी २२ जना सङ्क्रमित बिरामी नयाँ थपिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताए ।

सङ्क्रमितमध्ये नियमित एआरटी सेवा लिने २०४ जना बिरामी रहेका छन् । जिल्लाको मिसन अस्पतालबाट सङ्क्रमितले निःशुल्क एआरटी सेवा लिइरहेका छन् । जिल्लामा करीब ४१ जना एचआइभी सङ्क्रमित खुलेर हिँड्ने गरेका छन् ।

विभिन्न लाञ्छनाका कारणले समाजमा सङ्क्रमित बिरामी खुल्न हिचकिचाउने गरेको पाइन्छ ।

सङ्ख्यागत हिसाबले खुल्नेको सङ्ख्या जिल्लामा न्यून रहेपनि विगतका वर्षको तथ्याङ्कलाई हेर्दा अहिले समाजमा खुल्नेको सङ्ख्यामा सुधार रहेको देखिन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!