भोजपुर, १ मङ्सिर  । भोजपुरमा पहिलो पटक ज्योतिषशास्त्र प्रशिक्षण केन्द्र सञ्चालनमा आएको छ ।

Advertisement

नेपाल ज्योतिष परिषद् जिल्ला कार्यसमिति भोजपुर ज्योतिषशास्त्र ज्ञान दिलाउने लक्ष्यका साथ भोजपुरको पोखरेमा आज केन्द्रको उद्घाटन गरेको हो । तत्काल १५ जनाले ज्योतिष शिक्षा लिइरहेको समितिका सचिव रमेश सुवेदीले जानकारी दिए ।

ज्योतिषशास्त्रको ज्ञान सबैलाई काम काज गर्न सजिलो हुने तथा ज्योतिष जस्तो विद्याको संरक्षण गरी भावी पुस्तासम्म पु¥याउन आगामी दिनमा विद्यालय नै सञ्चालन गर्ने तयारी गरेको समितिको अध्यक्ष डम्बर चौलागाईंले जानकारी दिए।

उद्घाटन कार्यक्रममा भोजपुर बहुमुखी क्याम्पसका प्रमुख डा रोहितकुमार श्रेष्ठले ज्योतिष ज्ञान सबैका लागि उपयोगी रहेको भन्दै समितिको गरेको कामको प्रशंसा गरे । ज्योतिषको महत्व विज्ञानसम्म पुष्टि गरिसकेको बताउँदै उनले यस्ताखालका कामको सबैले कदर गर्दै सहयोगका लागि जुट्नुपर्नेसमेत बताए ।

सोही कार्यक्रममार्फत समितिका पदाधिकारी, समाजसेवीसँगै सञ्चारगृह तथा सञ्चारकर्मीलगायतलाई सम्मानपत्र वितरण गरिएको छ । कार्यक्रममार्फत समितिको पञ्चवर्षीय योजनासमेत सार्वजनिक गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!