गोमा ढुंगाना/संगालोखबर

मोरङ, २७ कात्तिक । छठ पर्वको मुख्य दिन मंगलवार अस्ताउँदो सूर्यलाई अघ्र्य दिईएको छ । चार दिनसम्म मनाईने छठ पर्वको तेस्रो अर्थात मुख्य दिन सूर्यदेवको आराधना, उपासना र पूजा गरी हर्षोल्लासपूर्वक छठ पर्व मनाइएको हो ।

Advertisement

तराईका जिल्लाहरुसँगै, पहाडी जिल्ला र राजधानीमा पनि अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अघ्र्य दिएर छठ मनाइएको छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति मिल्ने जनविश्वास छ ।

छठमा सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अघ्र्य दिने चलन छ ।

अव बुधबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि बिधिवतरुपमा छठपर्व समापन हुँनेछ ।

मोरङको बेलवारी स्थित लोहन्द्रा खोलामा अस्ताउँदो सूर्यलाई अघ्र्य दिईदै गरेको दृष्यहरु हेर्नुहोस्…

तस्वीरहरु : गोमा ढुंगाना/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!