इलाम, २७ कात्तिक । पूर्वप्रधानमन्त्री झलनाथ खनालले समृद्ध निर्वाचन क्षेत्र बनाउने वाचा आफ्नै कार्यकालमा पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन।

इलाम सन्दकपुर गाउँपालिकामा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, “चुनावमा जनतासँग गरेको वाचा आफ्नै कार्यकालमा पूरा गर्छु । ”

इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ बाट सांसदमा निर्वाचित भएका नेता खनालले प्रसिद्ध पर्यटकीयस्थल सन्दकपुरमा केवलकार पु¥याउने काम केही वर्षभित्रै पूरा गर्ने बताए ।

“माईमझुवाको बुधबारेबाट सन्दकपुरसम्म केवलकार मेरै कार्यकालमा पुग्छ”, उनले भने, “रामसार क्षेत्रमा सूचीकृत धार्मिक तथा पर्यटकीयस्थल माईपोखरीमा अबको तीन वर्षभित्रमा पक्की सडक पु¥याउने जिम्मा आफ्नो छ ।”

नेता खनालले आफ्नो निर्वाचन क्षेत्रमा बहुआयामिक अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण गर्ने काम केही समयमै शुरु हुने जानकारी दिदैं बाखखोरदेखि नयाँबजारसम्म जाने सडकलाई स्तरोन्नति गरेर बाह्रैमास यातायात सञ्चालन गर्न सक्ने कार्यमा आफू लागिपरेको बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!