संगालोखबर सम्वाददाता

विराटनगर, २० कात्तिक । मोरङको बेलवारी–११ लक्ष्मीमार्गमा नोबेल शिक्षण अस्पतालले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय भन्दा बढी बिरामी लाभान्वित भएका छन् ।

Advertisement

लक्ष्मीमार्ग स्थित लक्ष्मी माध्यमिक बिद्यालयमा एकदिने स्वास्थ्य शिविर सञ्चालन गरी ४ सय ४३ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ । उपचारका लागि गाउँ–गाउँबाट बिरामीहरु शिविरमा आएका थिए ।

शिविरमा ८९ जनाको भिडियो एक्सरे, २३ जनाको ईसीजी र १०६ जनाको ल्यावटेष्ट गर्नुका साथै शिविरमा उपचार हुन नसकेका ३० जनालाई नोबेल अस्पताल रिफर गरिएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताए । ‘शिविरमा हाडजोर्नी, आँखा र छाला सम्बन्धि समस्याका बिरामीले बढी संख्यामा उपचार सेवा लिनुभयो ।’ उनले भने ।

नोबेल शिक्षण अस्पतालले ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई निःशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउँने उद्धेश्यले नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

नोबेल अस्पताल सञ्चालक डा.शर्माले अवलम्वन गरेको बिपन्न बिरामीलाई निःशुल्क र सहुलियत उपचार सेवा उपलब्ध गराउँने नीति अनरुप नोबेल अस्पतालले नियमित शिविर सञ्चालन गर्दै आएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!