पदम राई/संगालोखबर

साँगुरिगढी, १९ कात्तिक । धनकुटा साँगुरिगढी ७ का किसान व्यवसायिक उखु खेति तर्फ आकर्षित भएका छन् । धान खेति छाडेर स्थानीय कृषकले एक हेक्टर क्षेत्रफल बढि खेतबारीमा उखु खेति विस्तार गरेका छन्।

Advertisement

यहाँ बाट वार्षिक १५ लाख भन्दा बढि मूल्य बराबरको उखुको लाक्रा धनकुटाको विभिन्न हाटबजार तथा धरान , इटहरी लगायतका स्थानमा बिक्रि गर्ने गरिएको किसान भिमकुमारी राईले बताइन् । अहिले उखु प्रति लाक्रा २५ रुपैयाँदेखि ३५ रुपैयाँसम्म खरिद बिक्रि भईरहेको किसान मनबहादुर लिम्बुले बताए ।

एक जना किसानले मात्र ६ हजार देखि १२ हजार सम्म उखुको लाक्रा उत्पादन गर्ने गरेका छन् । यहाँ उत्पादित उखु बुधबारे हटिय र यात्र गर्ने यात्रुहरु बेच्नको लागि स्थनीय व्यापरीले अअधिकांस उखु ठेक्का लिने गरेको किसान देबेन्द्र लिम्बुले बताए । बाँकि रहेको उखु जुस मिललाई बेच्ने गरिएको छ। लेउती खोलाको पर्याप्त सिचाईको सुविधाले गर्दा उखु खेति तर्फ किसानहरु आकर्षित भएका हुन् ।

तर बेला बेलामा उुखुको टुप्पोमा कालो रोग लागेर किसानलाई सताउने गरेकोछ । उखु रोपेपछि ३ वर्ष सम्म आम्दामी दिने किसान लोकेन्द्र लिम्बुले जानकारी दिए । उखु रोपे पछि ११ महिना मात्र खान योग्य हुन्छ । उखु रोपे महिनापिछे मल जल, माटो दिनु पर्छ । उखु खेतिको लागि स्थानीय तह र सरकारले आर्थिक सहयोग गर्नु पर्ने माग समेत राखेका छन् । किसानले उखु खेति बाहेक तरकारी र फुल खेति समेत गर्दै आएका छन् ।

यहाँका किसानले वर्षेनी आलु र टमाटर करिब १ टन सम्म उत्पादन गर्ने गरेका छन् । तिहार तथा अन्य चाड पर्वको लागि व्यापक मात्रामा स्थानीय किसानले सयपत्रीको फुल खेति समेत गर्दै आएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!