काठमाडौं, १६ कात्तिक । पछिल्लो तीन महिनामा मुलुकमा आठ करोड रुपैयाँको तास आयात भएको छ। तास खेल्ने पर्व तिहार नजिकिँदै गर्दा यसको आयात ५२ लाख प्याकेटभन्दा धेरै भएको छ। यो तथ्यांक गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.७६ प्रतिशत धेरै हो।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८ करोड ६ लाख ५४ हजार रुपैयाँ बराबरको ५१ लाख ९३ हजार ८ सय प्याकेट तास आयात भएको छ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

Advertisement

सबैभन्दा धेरै तास असोजमा भित्रिएको छ। नेपालीको दोस्रो ठूलो चाड तिहारमा जुवातास खेल्ने परम्परा छ। तिहारलाई लक्षित गरेर तास भित्रिएको देखिन्छ।

तथ्यांकअनुसार तीन महिनामा आयात भएको ८ करोड साढे ६ लाख रुपैयाँको तासमध्ये असोजमा झन्डै आधा तास आयात भएको देखिन्छ । साउनमा एक करोड ४७ लाख र भदौमा ३ करोड ६ लाख ४८ हजारको तास आयात भएको छ । असोजमा ४ करोड ५४ लाखको आयात भएको तथ्यांक छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!