धनकुटा, १५ कात्तिक । जिल्लाको साँगुरिगढी ८ मा रहेको भुमिस्वर प्राथमिक विधालयमा ५ वर्षमुनिका बालबालिकालाई भिटामिन “ए” क्याप्सुल र जुकाको औषधी खुवाईएको छ।
६ महिनादेखि ५ वर्ष सम्मकालाई भिटामिन “ए” क्याप्सुल र १ वर्ष देखि ५ वर्ष सम्मका बालबालिकालाई जुकाको औषधी खुवाईएको विद्यालयका प्रधानाध्यापक मंगलसिंह राईले बताए।
साँगुरिगढी ८ खुँडी स्वास्थ्य चौकी अन्तर्गत विद्यालयका १४ जना र समुदायका १६ बालबालिकालाई क्याप्सुल र औषधी खुवाईएको छ ।
स्वास्थ्य मन्त्रालयले वुधवार र विहिवार पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन “ए” क्याप्सुल र जुकाको औषधी खुवाउने कार्यक्रम रहेको थियो।