संगालोखबर सम्वाददाता

विराटनगर, ११ कात्तिक । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले नयाँ शैक्षिक सत्रमा भर्ना भएका बिद्यार्थीहरुलाई आईतवार अभिमुखिकरण कार्यक्रम गरी स्वागत गरेको छ । कलेजमा भर्ना भएका एमवीवीएस, वीडीएस र वीएस्सी नर्सिङ संकायका नयाँ बिद्यार्थीहरुका लागि अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

कार्यक्रममा नयाँ बिद्यार्थीहरुलाई कलेजको वारेमा जानकारी गराउँदै औपचारिक रुपमा स्वागत गरिएको नोबेल मेडिकल कलेजका प्राचार्य डा.रामहरी घिमिरेले जानकारी दिए ।

कार्यक्रममा नोबेल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.भोगेन्द्र प्रसाद आचार्य, प्राचार्य डा.घिमिरे, कलेजका अन्र्तराष्ट्रिय निर्देशक निरञ्जन कुमार, नायव प्रमुख कार्यकारी अधिकृत डा.विश्वनाथ अधिकारी, शैक्षिक कार्यक्रम संयोजक डिल्लिराम निरौला, प्राद्यापक कमल प्रसाद पराजुली लगायतले कलेजको वारेमा बताउँदै पढाईमा राम्रो मेहनत गर्न बिद्यार्थीहरुलाई सुझाव दिए ।

नोबेलमा एम्डी, एमएस, एमवीवीएस, वीडीएस, वीएस्सी नर्सिङ, स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिनिस्ट, डिफार्म लगायत संकायमा करिव २ हजार बिद्यार्थी अध्ययनरत छन् । नोबेलमा नेपालका बिभिन्न जिल्लासँगै भारत, माल्दिभ्स लगायत देशबाट पनि बिद्यार्थीहरु अध्ययनका लागि आउँने गरेका छन् ।

गुणस्तरीय शिक्षा र उपयुक्त शैक्षिक वातावरणका कारण स्वास्थ्य शिक्षा अध्ययनका लागि बिद्यार्थीहरुको प्रमुख रोजाईमा नोबेल पर्ने गरेको सञ्चालक डा.सुनिल शर्माको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!