लहान, ८ कात्तिक । नरहा गाउँपालिकाको न्यायिक समितिमा ५० वटा मुद्दा छन् जसमध्ये १० वटा मद्दा छिनोफानो भइसकेको छ। न्याय निरूपण गर्ने यो संरचना नयाँ भए पनि शैली भने पुरानै छ।

गाउँघरमा वर्षौंदेखि हुँदै आएको ‘पञ्चायती’ पारामै मुद्दा छिनोफानो गरिँदै आएको छ। गाउँका अगुवा, पक्षविपक्ष र न्यायिक समितिका पदाधिकारी बसेर दुवै पक्षका कुरा सुनेर सहमतिमा मुद्दा टुंग्याउने गरिएको छ।

Advertisement

न्यायिक समितिलाई बजेट नछुट्याइएकाले कानुनी सल्लाहकार (अधिवक्ता) नियुक्त गर्न सकिएको छैन। कानुनी सल्लाहकार नहुँदा मुद्दालाई प्रक्रियागत रूपमा टुंग्याउन नसकिएको न्यायिक समितिका संयोजकसमेत रहेकी नरहा गाउँपालिका उपाध्यक्ष गुलाब देवीले बताइन्। आजको नागरिक दैनिकमा यो समाचार छ ।

‘न इजलास छ न कानुनी सल्लाहकार,’ उनले भनिन्, ‘मलाई न्याय निरूपणको प्रक्रिया थाहा छैन। त्यसकारण जसोतसो पक्ष र विपक्षबीच सहमति गराई मुद्दा टुंग्याउँदै आएकी छु।’

मुद्दा टुंग्याउने यो शैली नरहा गाउँपालिकामा मात्र सीमित छैन। जिल्लाका अधिकांश स्थानीय तहमा यसरी नै न्याय निरूपण हुँदै आएको छ। बरियारपट्टी गाउँपालिकामा न्यायिक समिति छ तर इजलास तथा कानुनी सल्लाहकार छैन। अाजकाे नागरिक दैनिकमा खबर रहेकाे छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!