संगालोखबर सम्वाददाता

धनकुटा, ३० असोज । पहुँच विहिन तथा गरिव असहाय वर्गका लागि धनकुटा अस्पतालमा अमेरीकी स्वास्थ्य विशेषज्ञ टोलीद्वारा वृहत निःशुल्क शल्यक्रिया शिविर आयोजना हुने भएको छ ।

गरिव असहाय तथा पहुँच नभएर स्वास्थ्य उपचार गर्न नसकेका सर्वसाधारणलाई लक्षित गरि आगामी कार्तिक ५ देखि १७ गतेसम्म शिविर सञ्चालन हुने जनाईएको छ । शिविर व्यवस्थित रुपमा संचालन गर्न रोशेष श्रेष्ठको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरिएको छ ।

समितिको सदस्यमा सहायक प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडा, पुरेन्द्रलाल श्रेष्ठ, नरेन्द्र पोखरेल, द्रोणप्रसाद गुरागाई, उमेश घिमिरे, राजेश्वरबहादुर श्रेष्ठ, डा.अभिताप ठाकुर, सुनिलकुमार डंगोल, रेणु श्रेष्ठ, उपेन्द्र खनाल, सरोज आठपहरिया, विजय सन्तोषी राई लगायत रहेका छन् ।

जिल्ला समन्वय समिति धनकुटाका प्रमुख तथा धनकटा अस्पताल विकास समितिका अध्यक्ष टंकबहादुर चुवानको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ । यस्तै सल्लाहाकार समितिमा प्रतिनिधि सभा सदस्य सांसद राजेन्द्रकुमार राई संयोजक, प्रदेश सभा सदस्यहरु निरन राई, सांसद इन्द्रमणी पराजुली, लिला सुब्बा, आरसी तुम्बा, सांसद बिना राई र सांसद कुसुम कुमारी श्रेष्ठ रहेका छन् ।

अमेरीकी तथा नेपालका विषेशज्ञ वरिष्ट डाक्टरहरुले शिविरमा पित्तको पत्थरी, पायल्स, हर्निया, हाईड्रोसिल, पाठेघरको शल्यक्रिया ,गाँठागुठी, छाला टाँसिएको कोठीको शल्यक्रिया, दाँतको उचपार तथा कृतिम हात लगाईदिने लगायतका शल्यक्रिया तथा सेवा प्रदान गरिने संयाजक रोशेष श्रेष्ठले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!