संगालोखबर सम्वाददाता

बिराटनगर, २८ असोज । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले थारु समुदायका युवा युवतीको प्रतिभा उजागर गर्नका लागि गरिने मिस्टर एण्ड मिस थारु आईकनलाई देशब्यापी रुपमा सञ्चालन गर्न सहयोग गर्ने घोषणा गरेका छन् ।

१ नम्बर प्रदेश स्तरीय ‘नोबेल मिस्टर एण्ड मिस थारु आईकन’ सञ्चालनका लागि मुख्य प्रायोजकका रुपमा सहयोग गरेका डा.शर्माले थारु आईकन फाईनल कार्यक्रमका अवसरमा यस्तो घोषणा गरेका हुन् ।

‘हिन्दी फिल्मका चर्चित नायक नायिका भन्दा कम छैनन् थारु युवा युवतीहरु’ प्रतिष्प्रधिहरुप्रति लक्षित गर्दै डा.शर्माले भने ‘देशभरका गाउँ–गाउँमा ओझेल परेका यस्ता प्रतिभालाई उजागर गर्ने काममा सहयोग गर्न तयार छु ।’

यसैवीच डा.शर्माको यो घोषणालाई पूर्व उपप्रधानमन्त्री बिजयकुमार गच्छदारले स्वागत र समर्थन जनाएका छन् । कार्यक्रममा बोल्दै गच्छदारले भने ‘थारु समुदायका लागि डा.सुनिल शर्माले गरेको यो घोषणा स्वागत र सम्मान योग्य छ ।’ संबोधनका क्रममा पटक–पटक डा.शर्माको नाम उच्चारण गर्दै नेता गच्छदारले डा.शर्माको घोषणाको खुलेर प्रशंसा गरेका थिए ।

डा.शर्माले थारु आईकनमा सहभागि मध्ये एक जनालाई स्टाफनर्स निःशुल्क पढाईदिने यसअघि नै घोषणा गरिसकेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!