महेन्द्रनगर,२७ असोज । कञ्चनपुरकी १३ बर्षिय बालिका निर्मला पन्तको बलात्कार पछि भएको हत्या घटनाको छानविनका लागि नेपाल प्रहरीले गठन गरेको एआईजी धीरू बस्न्यात नेतृत्वको टोली कञ्चनपुर पुगेको छ ।

Advertisement

घटनाको छानविनका लागि गत ३१ भदौँमा एआईजी धिरु बस्नेतको नेतृत्वमा ४ सदस्य टोलि गठन गरेको थियो । समिति गठन हुँदा डीआईजी रहेका बस्नेत अहिले एआईजीमा बढुवा भएका छन ।

निर्मला हत्याकाण्डमा प्रहरीले नै प्रमाण नष्ट गरेको स्थानयको आरोप पश्चात् थप अनुसन्धानका लागि नेपाल प्रहरीले गठन गरेको टोली शुक्रवार कञ्चनपुर पुगेको हो ।

कञ्चनपुर पुगेसंगै टोलीले प्रमुख जिल्ला अधिकारी (सिडियो) संग भेटवार्ता गरेको स्रोतले बतायो । शनिवार स्थानिय सरोकारवालासंग भेटघाट तथा परामर्श गर्ने कार्यक्रम रहेको छ । आजको नेपाल समचारपत्रमा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!