काठमाडौँ, २६ असोज । लोकसेवा आयोगले १०६ कर्मचारीलाई कारबाहीको सिफारिस गरेको छ।

Advertisement

सरकारी सेवामा रहेर अनियमितता गर्ने कर्मचारीलाई सरकारसमक्ष कारबाहीको सिफारिस गरिएको हो। ती मध्ये ३८ जना कर्मचारीलाई बर्खास्त गर्न भएिको छ। ३८ जनालाई नसिहत दिन र २४ जनालाई तलब वृद्धि रोक्न भनिएको छ।

त्यस्तै छ जनालाई बढुवा रोक्न भनिएको छ। निजामति सेवा ऐनअनुसार विभिन्न सेवा समूह सञ्चालन गर्ने निकाय वा मन्त्रालयले निजामती कर्मचारीलाई सजाय गर्नुपर्ने प्रावधान छ।

सोहीअनुसार सरकारी निकायले कर्मचारीलाई विभागिय कारबाही गर्न आयोगमा परामर्श दिन पठाएको थियो। विभागीय कारबाहीका लागि परामर्श माग भई आएकामा आयोगले छानबिन गरी कारबाहीका लागि सरकारलाई परामर्श दिएको आयोगका प्रवक्ता किरणराज शर्माले जानकारी दिए। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!