काठमाडौं, २३ असोज । यसवर्षको दशैँमा कैदीवन्दीहरुले कैद मिनाह नहुने भएको छ । नयाँ मुलुकी संहिता अनुसारको कैद मिनाहसम्वन्धी कार्यबिधी नबनेकाले उनीहरूले कैद मिनाह नपाउने कारागार व्यवस्थापन विभागका निर्देशक कृष्णबहादुर कटुवालले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

Advertisement

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले हरेक वर्ष दसैं, गणतन्त्र र संविधान दिवसको अवसरमा केही कैदीबन्दीलाई आममाफी दिने चलन थियो । हाल ७३ जिल्लाका ७४ कारागारमा २० हजार कैदी छन् ।

नयाँ कानुनअनुसार ७५ प्रतिशत कैद भुक्तान गरिसकेका, असल चालचलन भएका र आममाफी दिन मिल्ने अपराध गरेका कैदीको कैद मिनाहा गर्न सकिनेछ । यस्तै सोही ऐनमा रोगी, असल चालचलन भएका, ज्येष्ठ नागरिक, महिला, सामान्य केसमा जेल सजाय भोग्दै आएका र ७५ प्रतिशत कैद भुक्तान गरेकाको कैद मिनाहा हुनसक्ने व्यवस्था छ । अाजकाे नेपाल समाचारपत्रमा खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!