काठमाडौँ, १७ असोज । डोटीमा एक वृद्धा बलात्कृत भएकी छिन् । सोमबार बडीकेदार गाउँपालिका–३ की ७४ वर्षीया वृद्धा बलात्कृत भएकी हुन् । छिमेकी गाउँ जाने क्रममा जंगलको बीचमा बलात्कार गरिएको पीडितले बताएकी छिन् ।

Advertisement

बाटोमा एक्लै हिँडिरहेका वेला पछाडिबाट आएका बोगटान गाउँपालिका–१ सिमचौर पान्सा घर भएका गणेश भनिने एकेन्द्र धामीले वृद्धालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

पीडित महिला चिच्याएको आवाज सुनेपछि घटनास्थलतर्फ गएका स्थानीयवासीले एकेन्द्रलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए । धामी अहिले प्रहरी नियन्त्रणमा छन् । उनीविरुद्ध जबर्जस्तीकरणी मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धु्रव विष्टले जानकारी दिए ।

श्रीमतीलाई माइती पु-याएर फर्कंदै गरेका धामीले वृद्धालाई बलात्कार गरेका हुन् । ‘त्यो मान्छे पछाडिबाट आउँदै थियो, मेरो घाँटीमा समातेर दिन्छौ भनेर जबर्जस्ती ग-यो,’ वृद्धाले भनिन् । आजको नयाँ पत्रिका दैनिकमा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!