काठमाडौँ, १६ असोज । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा विधाको मास्टर डिग्री इन जनरल प्राक्टिक्स एमडीजिपीको पठनपाठन शुरु गर्ने तयारी गरेको छ ।

Advertisement

सो तहको अध्यापन शुरु गर्न भौतिक एवं शैक्षिक तयारी पूरा भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृत भण्डारीले सो तहको पठनपाठन शुरु गर्न नेपाल मेडिकल काउन्सिलले अनुमति दिन मात्र बाँकी रहेको बताए ।

प्रतिष्ठानले यसअघि नर्सिङ विषयको स्नातक तहको प्रसूति मिडवाइफ सम्बन्धी अध्यापन शुरु गरिसकेको छ । सो विषयको अध्यापनअध्यापन हुनेमा सो प्रतिष्ठान तेस्रो रहेको छ ।

त्रिविवि चिकित्सा अध्ययन संस्थान र काठमाडौँ विश्वविद्यालयमा पनि सो तहको अध्ययनअध्यापन हुन्छ । “सो विषयको पठनपाठनले कर्णाली प्रदेशका जुम्ला, हुम्ला, डोल्पा, मुगु, सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, पश्चिम रुकुम र कालीकोट जिल्लाको स्वास्थ्य स्थितिलाई सुधार गर्न अहम् भूमिका निर्वाह गर्छ”, प्रशासकीय अधिकृत भण्डारीले भने।

प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रतिष्ठानको २०७५ वैशाख १ गते सम्पन्न सिनेट बैठकले प्रतिष्ठानमा चिकित्सा विज्ञानको स्नातक तहएमबिबीएस, एमडीजिपीलगायत शैक्षिक कार्यक्रम शुरुआत गर्ने निर्णय गरेको थियो । प्रतिष्ठानले एमबिबीएस तहको अध्ययनअध्यापन गर्न गृहकार्य गरिसकेको उनले जानकारी दिए ।

सरकार र प्रा डा गोविन्द केसीका बीचमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबीएस तहको अध्ययनअध्यापन शुरु गर्ने विषयमा पनि सहमति भएको थियो । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा डा धर्मकान्त बाँस्कोटाले प्रतिष्ठानमा एमडीजिपीको अध्यापन अनुमति दिन काउन्सिलको विज्ञ टोलीले स्थलगत अध्ययन पूरा गरी प्रतिवेदनको तयारीकाक्रममा रहेको जानकारी दिए।

उनले भने, “एमबिबीएस तहको अध्ययनअध्यापनका लागि ३०० श्ययाको अस्पताल र ६२ वटा विधागत सङ्काय चाहिन्छ । प्रतिष्ठानमा छ कि छैन रु भावनामा चिकित्सा शिक्षाको पढाइ हुने होइन ।” प्रतिष्ठानलाई कर्णाली प्रदेशको चिकित्सा स्वास्थ्य र शिक्षाका लागि नमूना प्रतिष्ठान बनाउन जुटेको प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्र वाग्लेले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!