काठमाडौँ, १५ असोज । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा आशंका गरिएका निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र किरणका साथी आयुष विष्टको डिएनए रिपोर्ट आएको छ । परीक्षणले उनीहरूलाई सफाइ दिएको छ ।

Advertisement

निर्मलाको शवबाट संकलित नमुना आफूँसँगै राखेर प्रहरीले आशंका गरिएका तीनजनाको रगतको नमुना मात्र केन्द्रीय विधिविज्ञान प्रयोगशाला पठाएको थियो ।

रगतका आधारमा विधिविज्ञानले तीनजनाको डिएनए विश्लेषण गरेर रिपोर्ट प्रहरीलाई नै पठायो । प्रहरीले आफ्नो प्रयोगशालामा विश्लेषण गर्दा दुईथरी नमुना म्याच नभएको ठहर गर्‍यो ।

निर्मलाको शवबाट संकलित नमुना पनि पाएको भए विधिविज्ञानले नै म्याच गर्छ कि गर्दैन भनेर किटान गर्न सक्थ्यो । तर, निर्णायक काम प्रहरी आफैँले गर्‍यो ।

‘आशंका गरिएका तीनैजनाको डिएनए परीक्षण गरेर विधिविज्ञान प्रयोगशालाले प्रहरीलाई पठायो, प्रहरीको प्रयोगशालाले परीक्षण गर्दा दुईथरी डिएनए म्याच भएन,’ कञ्चनपुरका एसपी कुवेर कडायतले भने । आजको नयाँ पत्रिका दैनिकमा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!