प्रेम देवान/संगालोखबर

मोरङ, १४ असोज । गत असोज ७ गते विराटनगर १७ स्थित खेतबारीको होमपाईप भित्र भेटिएको लाश विराटनगर १७ का खलिल मियाका छोरा १७ बर्षिय मोह्मद अस्फाक आलमको रहेको प्रहरीले जनाएको छ । उनको अपहरणपछि फिरौतीका कारण हत्या भएको समेत प्रहरीले खुलासा गरेको छ ।

Advertisement

विराटनगरको वडा नम्वर १४ र १७ को सिमानामा रहेको पैनी स्थित होमपाईप भित्र सडेगलेको अवस्थामा शव भेटिएको एकसातापछि प्रहरीले घटनामा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले आईतबार विराटनगरमा पत्रकार सम्मेलनको आयेजना गरी घटनाबारे जानकारी दिएको हो ।

मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अनुसार अस्फाक गत असोज १ विश्वकर्मा पुजाको दिन साँझदेखि हराएका अस्फाकलाई उनका छिमेकी २० बर्षिय मोहम्मद सद्दिफ हुसैन र २१ बर्षिय मोहम्मद आरिफले टाउकोमा ढुंगा प्रहार गरी हत्या भएको थियो ।

५० लाख फिरौती माग

परिवारसँग यी दुवै व्यक्तिले फिरौती माग्दा नपाएपछि हत्या गरिएको प्रहरीले जनाएको छ । पैसा माग्नको लागि विभिन्न नम्बरको प्रयोग गरी फोन गरेको समेत प्रहरीले जनायो । पैसाको लागि अपहरणको नाटक गरी हत्या गरिएको ईलाका प्रहरी कार्यालय रानी र सिआईबी सहितको टोलीले पत्ता लगाएको पत्रकार सम्मेलनमा जानकारी दिईयो । अपहरण गर्ने बितिकै ति दुबै जनाले मृतकका परिवारसँग ५० लाख रुपैयाँ फिरौती मागेकोमा तिर्न नसक्ने भएपछि उनीहरु ५ लाख दिनु पर्ने भन्ने वार्गेनिङ गरेको प्रहरी उपरीक्षक केसीले बताए ।

हत्या भएका ब्यक्ति बिद्यार्थी भएको पुष्टी

विराटनगर महानगरपालिका १७ मा हत्या भएको अबस्थामा भेटिएको शव विराटनगर १६मा रहेको गौतमबुद्ध स्कुलमा कक्षा १० मा अध्यनरत बिद्यार्थी रहेको पुष्टी भएको छ । उनी नियमित विद्यालय नआउने विद्यार्थी मध्येका एक भएको विद्यालयले जनाएको छ । उनी केहि दिन अघिदेखि विद्यालयमा नआएको विद्यालय स्रोतले जनायो ।

यो समाचार पनि पढनुहोस्…

टाउको चुढिएको कंकाल भेटियो

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!