नेपालगन्ज, १२ असोज । आफ्नै नातिनी बलात्कार गरेको अभियोगमा पक्राउ परेका कोहलपुर नगरपालिकाका तरकारी बाजेलाई अदालतले पुर्पक्षका लागि थुना राख्ने आदेश दिएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

आफ्नै १३ वर्षीया नातिनीलाई तीन वर्षदेखि बलात्कार गर्दैआएको अभियोगमा पक्राउ परेका तरकारी बाजेलाई जिल्ला अदालत बाँकेले थुनामा राख्न आदेश दिएको हो ।

समाचारका अनुसार तरकारी बाजे पक्षधर अधिवक्ताले पारिवारिक रुपमा आर्थिक वार्गेनिङका क्रममा बलात्कारको झुठो अभियोग लगाएको दाबी गर्दै धरौटीमा रिहा गर्न माग गरेका थिए भने नातिनी पक्षधर अधिवक्ताले भने यो आरोपको प्रतिवाद गर्दै अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्नुपर्ने तर्क गरेका थिए ।

अदालतमा बिहीबार सम्पन्न थुनछेक बहसपछि जिल्ला न्यायाधीश अनिलकुमार शर्माले थुनामा राख्न आदेश दिएको अदालतका तहसिलदार शाखा अधिकृत नारायण सापकोटाले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!