काठमाडौँ, ८ असोज । पुर्वराजा ज्ञानेन्द्र विक्रम शाह २०७५ को असोज महिना पनि विदेशमै रमाउने कार्यक्रम रहेको थाहा भएको छ । उनका ती भ्रमणहरु राजनीतिदेखि पारिवारिक र पर्यटकीयसम्म हुनेछन् ।

देशदेशावरको यात्रामा निस्केका ज्ञानेन्द्र शाह अहिले श्रीलंकाको राजनीतिक भ्रमणमा व्यस्त छन् । २०७५ भदौ २९ गतेबाट थाइलैण्ड भ्रमणमा निस्केका शाह एक महिना पुरै विदेशमा विताउने छन् ।

Advertisement

२९ भदौमा विदेश भ्रमणमा निस्केका पुर्वराजा शाह ३० असोजमा नेपाल आईपुग्नेछन् । यो समयमा उनी थाइलैण्ड, श्रीलंका, भारतदेखि माल्दिभ्ससम्मको यात्रा गर्नेछन् ।

२९ भदौमा थाईलैण्ड निस्केका पुर्व राजा शाहको परिवारले त्यहाँ शुद्ध पारिवारिक भ्रमण सम्पन्न गरेका छन् । पुर्व अधिराजकुमारी हिमानी शाहका छोरीहरु पुर्णिका र कृतिकासंग भेटघाट गरेपछि पुर्व राजपरिवारको टोली अहिले श्रीलंका पुगेको छ । , आजको साँघु साप्ताहिकमा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!