काठमाडौँ, ५ असोज । निर्वाचन आयोगले विदेशमा रहेका नागरिकलाई मतदानमा भाग लिन सक्ने विषयमा विस्तृत अध्ययन गर्नुपर्ने भन्दै सरकारलाई झकझक्याएको छ।

Advertisement

विदेशमा बस्ने नेपालीलाई निर्वाचनमा सहभागी गराउन नेपालसँग अनुभव नभएको भन्दै आयोगले थालेको औपचारिक तथा अनौपचारिक छलफलमा सरकारलाई कसरी अगाडि बढ्ने भन्ने बारेमा तयारी गर्न आग्रह गरेको छ।

सर्वोच्च अदालतले विदेशमा बस्ने नेपाली नागरिकको मतदानको अधिकार सुनिश्चित गर्न सरकारको नाउँमा हालै निर्देशनात्मक आदेश जारी गरेको थियो। सर्वोच्चको आदेशपछि आयोगले यसबारे थप चासो देखाउन थालेको छ।

सर्वोच्चको आदेशका बारे विस्तृृत अध्ययन हुनुपर्ने निर्वाचन आयुक्त ईश्वरी पौडेलले बताउनुभयो। आयोगले सन् २००९ मा तयार गरेको दीर्घकालीन कार्ययोजनामा पनि विदेशमा बस्ने नेपालीलाई मतदानमा सहभागी गराउने विषयलाई समावेश गरिएको थियो।

आयोगले सन् २०१४ मा गरेको सम्भाव्यता अध्ययनमा पनि विदेशबाट मत दिन सकिने निष्कर्ष निकालेको थियो। पूर्वनिर्वाचन आयुक्त दोलखबहादुर गुरुङको नेतृत्वमा खटिएको टोलीले अमेरिका, मलेसियालगायतका देशमा स्थलगत अध्ययन गरेर फर्केको थियो।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

‘अदालतले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्न सरकारलाई निर्देशनात्मक आदेश दिएको थियो। यो अधिकारको प्रयोग कसरी गर्ने भन्नेबारेमा अरू देशको अनुभवको अध्ययन गर्नुपर्दछ।’ –आयुक्त पौडेलले भन्नुभयो। विदेशमा बस्ने नेपालीलाई मतदानमा सहभागी गराउन आवश्यक रहे पनि सो कार्य सहज नभएको आयुक्त पौडेलले बताउनुभयो। निर्वाचनमा भाग लिन नेपालीहरू कुन कुन देशमा कति छन् भन्ने वास्तविक लगत पत्ता लगाउनु आवश्यक रहेको पनि आयोगको भनाइ रहेको छ।

सो विषयमा दायर गरेको रिटमा ३५ लाखभन्दा बढी नेपाली विदेशमा रहेका दाबी गरिएको छ। कतिपयले ४० लाख नेपाली विदेशमा रहेको दाबी गर्दै आएका छन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!