काठमाडौं, असोज ४ । गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको साढे ३ बर्ष पुग्दै गर्दा भूकम्पले भत्काएका घर अन्य संरचना पुनःनिर्माण जसतो अस्तव्यस्त छ, राष्ट्रिय भूकम्प मापन केन्द्रको हालत पनि उस्तै रहेको छ ।

ज्यादै न्यून जनशक्ति भएपछि केन्द्रको कार्यसम्पादन प्रभावित बन्न थालेको छ । गोरखा भूकम्पअघि १६ जना कर्मचारी कार्यरत केन्द्रमा अहिले ६ जना मात्रै छन् ।

Advertisement

बारपाक भूकम्पपछि केन्द्रका कर्मचारी २४ सै घण्टा खट्न थालेका थिए तर, कामको प्रकृति अनुसार कर्मचारी नियुक्त नहुँदा व्यावहारिक कठिनाई थपिन थालेको केन्द्रका प्रमुख लोकविजय अधिकारी बताउँछन् ।

‘हामी शनिवार पनि भन्न पाउँदैनौँ, न त अन्य सार्वजनिक बिदामा ढुक्क भएर घर बस्ने अवस्था छ, नजशक्ति ज्यादै थोरै भएपछि हरेक दिन आफिस जाँदै पर्ने बाध्यता छ ।’ उनले भने । आजको नेपाल समाचारपत्रमा खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!