धनकुटा, ३ असोज । जिल्ला कारागार धनकुटामा रहेका अधिकांस कैदीबन्दीको आँखामा समस्या देखिएको छ ।
संविधान दिवशको अवसरमा नेत्रज्योती संघले गरेको परिक्षणका क्रममा ६३ जना कैदीबन्दीमा आँखाको समस्या देखिएको हो ।
चार महिलासहित ७२ कैदीबन्दी रहेको जिल्ला कारागारमा १२ जनाले चस्मा लगाउँनुपर्ने अवस्था छ भने अन्य सबैले औषधि प्रयोग गर्नु पर्ने भएकाले औषधी वितरण गरिएको नेत्रज्याती संघका अध्यक्ष द्रोण गुरागाईले बताए ।
बढि संक्रमण भएका १२ जना कैदीबन्दीलाई धनकुटा-६ स्थित आँखा अस्पतालमा जाँच गरी निःशुल्क चस्मा उपलब्ध गराईने अध्यक्ष गुरागाँईले जानकारी दिए ।