काठमाडौं, १ असोज । निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा सैनिकमाथि पनि अनुसन्धान गर्न उच्चस्तरीय छानविन समितिले सुझाव दिएको छ।

घटनास्थलबाट सेनाको २५ नम्बर बाहिनी नजिकै भएकाले घटनामा सैनिकको समेत संलग्नता हुन सक्ने आकलनमा त्यस्तो सुझाव दिइएको छ ।

निर्मलाको शव भेटिएको स्थानबाट करिव तीन किलोमिटर दूरीमा सेनाको बाहिनी छ। बलात्कारपछि घाँटीको कर्ड न्याकेर निर्मलाको हत्या भएको पोस्टमार्टम रिपोर्टमा खुलेको छ।

‘तालिमप्राप्त व्यक्तिले यसरी हत्या गर्ने सम्भावना धेरै हुन्छ,’ छानविन समितिका एक सदस्यले भने, ‘त्यही आधारमा बाहिनीबाट त्यो दिन बाहिर निस्किएका सैनिकमाथि पनि अनुसन्धान गर्न सुझाव दिएका छौँ।’ कञ्चनपुरका एसपी कुवेर कडायतले सैनिकदेखि मृतकका आफन्तसम्म अनेक कोणबाट अनुसन्धान भइरहेको बताए।  नयाँ पत्रिका दैनिकमा समाचार छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!