काठमाडौँ, ३१ भदौ । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ५२ दिन पुगेको छ । तर, अहिलेसम्म निर्मलाको हत्या कसले गरेको हो भन्ने पुष्टि हुन नसक्दा घटना थप उग्र बन्दै गएको छ ।

Advertisement

निर्मलाको हत्यामा उच्चस्तरीय अनुसन्धान कमिटीले प्रहरीको लापरबाही भएको निष्कर्ष निकालेपछि र अभिभावकले पनि प्रहरीले प्रमाण नष्ट गरेको आरोप लगाएपछि घटनाले नयाँ रुप लिएको हो ।

गत साउन ११ गते उक्त नगरपालिकाको वडा नम्बर १९ स्थित उखुबारीमा बीभत्स ढंगले हत्या गरिएको अवस्थामा निर्मलाको शव फेला परेको थियो । उनलाई बलात्कारपछि हत्या गरिएको थियो । साउन १० गते उनी पढ्न भनी साथी रोशनी भनिने आँचल बमको घरमा गएकी थिइन् ।

रोशनीको घर गएकी पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो । तर, लामो समयसम्म बम दिदीबहिनीलाई स्थानीय प्रहरीले अनुसन्धानको दायरामा ल्याएको थिएन । रोशनीको घरबाट उनी आफ्नो घरमा जान पाइनन् ।

तर रोशनी हाजिर जमानी र बबिता ३० हजार रुपियाँ धरौटीमा छुटेकी हुन् ।  आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!