काठमाडौँ, ३० भदौ । विभिन्न कर्मचारी संगठनले पार्टीपिच्छे कर्मचारी संगठन खोल्न पाउनुपर्ने माग गर्दै प्रस्तावित संघीय निजामती सेवाको मस्यौदा विधेयकको विरोध गरेका छन् ।
हालै प्रस्तावित मस्यौदा विधेयकमा राखिएको एकल ट्रेड युनियनको प्रावधानप्रति असन्तुष्टी जनाउ“दै उनीहरूले कडा विरोध गरेका हुन् ।
स्मरणीय छ, विद्यमान निजामती ऐनअनुसार पार्टीपिच्छे टे«ड युनियन खोल्न पाइन्छ भने प्रस्तावित मस्यौदामा एकल ट्रेड युनियन राख्ने प्रावधान र ट्रेड युनियन अधिकार नायब सुब्बासम्मका कर्मचारीलाई मात्र दिने व्यवस्था गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उक्त विधयेकको मस्यौदा हालै मन्त्रिपरिषद्मा पठाएको छ । सरकारले निजामती सेवा ऐन, २०४९ लाई विस्थापित गर्न संघीय निजामती सेवा ऐन, २०७५ ल्याउने तयारी गरेको हो ।
निजामति सेवाभित्र पार्टीमा आस्था राख्ने ६ वटा कर्मचारी संगठन रहेका छन् । मस्यौदा विधेयक पारित भएमा ती सबै संगठन खारेज हुनेछन् । आजको नेपाल समाचापत्रमा यो खबर छ ।