काठमाडौँ, २४ भदौ । पछिल्लो समय समाजमा बलात्कारका घटनाहरु बढ्दै गएका छन् । दिनहूँजसो आमसञ्चार माध्यममा बलात्कार र त्यसपछि हत्याका समाचार सुनिन थालेका छन् ।
बलात्कार बढेसँगै त्यसका विरुद्ध आवाज बुलन्द भए पनि यो मौसमी देखिएको छ । वर्षात्को समयमा बाढी आएको जसरी जब कुनै घटना हुन्छ तब मात्रै ¥याली, बिरोध गरेर बलात्कार रोक्न सकिदैन ।
बलात्कारका विरुद्धमा ¥याली तथा दबाबमूलक कार्यक्रम वर्षैभरी सञ्चालन गर्न सक्नु पर्दछ । गाउँ समाजमा सचेतनामूलक कार्यक्रम गर्दै बलात्कारका बारेमा सबैले आवाज बुलन्द गर्न सकियो भने समाजमा बलात्कार जस्तो जघन्य अपराधमा कमी आउने थियो ।
हामी यौनका विषयमा संकुचित भएर कुरा गर्ने गर्छौँ यौनिक विषयलाई लाजको विषय बनाएर बस्छौँ । यो कारणले पनि समाजमा बलात्कार जस्ता घटनाहरु हुने गरेका छन् । विद्यालय तहमा यौनका विषयमा सामान्य कुराहरु पढाई हुने गरेको भएपनि त्यो पर्याप्त हुने गरेको छैन ।
यौनका विषयमा पाठ्यक्रममा राम्रोसँग समावेश गर्दै किशोर किशोरीहरुलाई यसको बारेमा ज्ञान दिनु आवश्यक छ । यौनका बारेमा अध्ययन गराउँदा अथवा जानकारी दिँदा छाडा भइदैन बरु यसले बलात्कार तथा यौनजन्य घटनाबाट जोगिन महिला तथा किशोरीहरुलाई सहजता प्रदान गर्नेछ ।
हामीले यौनलाई लुकाइने विषयका रुपमा मात्रै परिभाषि गर्दै आएका छौँ । यौनका बारेमा अध्ययन गराउँदै यौन अपराध तथा यौनिक विकृतिको बारेमा खुलेर बिरोध गर्न सक्ने बनौँ । अाजकाे नेपाल समाचारपत्रमा खबर छ ।