काठमाडौँ, १९ भदौ । अन्ततः निजामती कर्मचारीको अवकाश उमेर हद ५८ कायम गरेर संघीय निजामती ऐनको मस्यौदा मन्त्रिपरिषद्मा पठाइएको छ ।

Advertisement

अर्थ, कानुन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बीच भएको लामो छलफलपछि अवकाशको उमेर हद पुनः संशोधन गरिएको हो ।

ऐनको मस्यौदामा ५८ राखेर मन्त्रिपरिषद्मा पठाइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो ।

स्वास्थ्य सेवाअन्तर्गतका कर्मचारीको हकमा अनिवार्य अवकाशको उमेर ६० नै कायम गरिएको छ । संघीय मामिलाले तयार गरेको शुरुको मस्यौदामा ५८ राखिएको थियो ।

मन्त्रालयले सहमतिका लागि अर्थमा पठाउँदा अर्थले अवकाशको उमेर हद ६० वर्ष कायम गर्न सुझाव दिएको थियो ।  आजको नेपाल समाचार पत्रमा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!