काठमाडौँ, ८ भदौ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलनमा बहुपक्षीय ऊर्जा सम्झौताको तयारी भएको छ । यससँगै क्षेत्रीय व्यापार र कनेक्टिभिटी पनि सम्मेलनको मुख्य एजेन्डा बन्दै छ ।

Advertisement

विमस्टेक स्थापना भएको २ दशक पूरा भइसक्दा पनि स्पष्ट नतिजा नदेखिएको र दिशाहीन बनेको भनेर आलोचना भइरहेका बेला काठमाडौं सम्मेलनले यस्ता विषयलाई प्राथमिकतामा राख्ने निधो भएको छ ।

त्यसै गरी विमस्टेक बडापत्र, सचिवालय र अन्य क्षेत्रीय निकाय स्थापनाको खाका तय गर्दै विमस्टेक कोष स्थापना गर्ने गृहकार्य गर्दै घोषणापत्रको मस्यौदा तयार भएको परराष्ट्र मन्त्रालयको क्षेत्रीय महाशाखाले जनाएको छ ।

तर कोषको विस्तृत संयन्त्र र उपयोग गर्ने कार्यविधि तयार नभएसम्म काठमाडौं जमघटमै सम्झौता हुने सम्भावना ज्यादै न्यून रहेको सो मन्त्रालयका अधिकारी बताउँछन् । ‘अहिलेसम्मको तयारीअनुसार कोष खडा गर्ने छलफलचाहिँ पक्कै हुन्छ, तर यही सम्मेलनमा सम्झौता हुने सम्भावना भने छैन’ –सो मन्त्रालयका एक अधिकारीले नेपाल समाचारपत्रसँग भने ।

विमस्टेकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन् । सम्मेलन आगामी साता भदौ १४ र १५ गते काठमाडौंमा आयोजना हुँदै छ । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!