काठमाडौं, ७ भदौ । सशस्त्र प्रहरी बल नेपालले मुलुकमा देखिएको रक्त अभाव कम गर्न मुलुकभर रहेका सङ्गठनमा आज अभियानका रूपमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

महानिरीक्षक प्रथम रक्तदान नाम दिइएको उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल मुख्यालय हलचोकमा महानिरीक्षक शैलेन्द्र खनालले रक्तदान गरे ।

सशस्त्र प्रहरी ऐन २०५८ जारी भएको अवसरमा आयोजना गरिएको सो कार्यक्रममा शान्ति, सुरक्षा, विकास र समृद्धिको सरकारी कार्यक्रमलाई मूर्तरूप दिन सङ्गठनले कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गर्दै उनले रक्त अभाव भएर जीवनमरणको दोसाँधमा रहेका व्यक्तिलाई जीवनदान प्रदान गर्न सङ्गठनले सञ्चालन गरेको यो कार्यक्रमबाट ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे।

पूर्व पदाधिकारी, वरिष्ठ प्रहरी अधिकृत र सकल दर्जाबाट ठूलो सङ्ख्यामा रक्तदान हुने महानिरीक्षक खनालले बताए । सेवा, सुरक्षा र उद्धारकार्यको मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरीले अहिले सीमा सुरक्षाको जिम्मेवारीसमेत निर्वाह गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!