काठमाडौ, २ भदौ । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठनबीचको एकीकरण प्रक्रिया अन्तिमतिर पुगेको छ ।

Advertisement

तत्कालिन एमाले र माओवादीबीच गत जेठ ३ मा एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएपछि भातृसंगठनबीच एकीकरण गर्ने क्रममा विद्यार्थी संगठनले एकीकरण प्रक्रियालाई अन्तिम अवस्थामा पुर्याएका हुन् ।

‘अब संगठनको नाम अनेरास्ववियू हुनेछ भने केन्द्रीय कमिटी ४ सय १९ जनाको बन्नेछ ।’ अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले भने, ‘यसअघि नै विधान र राजनीतिक तथा शैक्षिक कार्यक्रमका बारेमा टुंगो लागिसकेको अवस्था छ ।’

उनका अनुसार, संगठनको नामको अन्तिम अक्षरमा दीर्घ यू लेख्ने सहमति भएसँगै नामाकरण टुंगिएको हो । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!