काठमाडौँ, ३० साउन । नयाँ मुलुकी देवानीसंहिता ऐन, २०७४ को भाग ३ मा पारिवारिक कानुनको व्यवस्था गरिएको छ ।

Advertisement

अब फौजदारी अभियोगमा सजाय भोगेकाले विवाह गर्न पाउनेछैनन् । देवानीसंहिता ऐनको दफा ७१ अनुसार विवाह गर्न हुने र नहुने, विवाह बदर गर्न सकिनेलगायत व्यवस्था गरिएको छ ।

दफाको २ (छ) मा नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार ठहरी अदालतबाट सजाय पाएकाले विवाह गर्न नपाउने व्यवस्था गरिएको छ ।

उपदफा ३ अनुसार कसुरदार व्यक्तिले झुक्याई विवाह गरे मर्का पर्ने व्यक्तिले त्यस्तो विवाह बदर गराउन तथा झुक्याई विवाह गर्ने वा गराउनेबाट मनासिब क्षतिपूर्ति दाबी गर्न सक्नेछ । आजको नयाँ पत्रिका दैनिकमा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!