काठमाडौं, २९ साउन । नयाँ कानुनले हाडनाता करणीमा अपराधीलाई जन्मकैदको व्यवस्था गरेको छ। नयाँ व्यवस्थाअनुसार जन्माउने आमा–छोराको वा बाबु–छोरीको करणी भएमा जन्मकैद हुनेछ।

त्यसैगरी ‘सौतेनी आमा छोरा वा बाबु छोरी, सहोदर दिदी भाइ वा दाजुबहिनी, एकै हाँगाको ससुरा बुहारी, एकै हाँगाको बाजे नातिनी, पनातिनी, एकै हाँगाका जेठाजु र भाइ बुहारी वा देवर भाउजूको करणी भएमा चार वर्षदेखि १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना’ तोकिएको छ।

एकै हाँगाको तीन पुस्ताभित्रको करणी भएमा ३ वर्षदेखि छ वर्षसम्म कैद र ६० हजार रुपैयाँसम्म जरिबानाको व्यवस्था कानुनले गरेको छ । वंशका सात पुस्तासम्मका अन्य नातामा करणी भएमा हाँगो, नाता र पुस्ता हेरी ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबाना हुनेछ। नागरिक दैनिकमा  यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!