काठमाडौं, १८ साउन । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सरकारको स्वीकृतिबिनै विदेश भ्रमण गएका छन् ।

उनी साउन १५ मा जापान गएका हुन् । भ्रमणबारे महानगर र संघीय मामिला मन्त्रालयले अनभिज्ञता प्रकट गरेका छन् ।

संविधानको धारा ५९ (६) र स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम स्थानीय तहका पदाधिकारीले विदेश जाँदा सम्पर्क मन्त्रालयमार्फत कार्यक्रम स्वीकृत गराउनुपर्ने व्यवस्था छ।

‘जनप्रतिनिधि विदेश भ्रमणमा जाने गरेको अनौपचारिक जानकारीचाहिँ पाएका छौँ,’ मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले भने, ‘औपचारिक जानकारी दिने गरेका छैनन् ।’ आजको कान्तिपुर मा यो समाचार छापिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!