काठमाडौँ, १६ साउन । पुर्वीचौकी गाउँपालिका ५ काडामाडौं बालबालिकाको दुषित खोपका कारण ज्यान गएको ठहर सर्वोच्च अदालतले गरेको छ ।
०६९ साल भदौ ३ गते डोटीको पुर्वीचौकी गाउँपालिका ५ साबिकको काडामाडौं गाविस मा दादुराको खोप लगाएपछि चारजना बालबालिकाको ज्यान गएको थियो ।
मृतक बालबालिकाका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपुर्ति दिन सरकारलाई सर्वोच्च अदालतले आदेश थिएको छ । खोपकै कारण ज्यान गुमाउने १९ महिनाकी गौरीका हजुरबुबा पुर्णबहादुर चिरालले ढिलै भए पनि अदालतले न्याय दिएको बताए ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।