काठमाडौँ, १४ साउन । नेपालको पहाड र तराई दुवै क्षेत्रमा पाइने फर्सी धेरै उपयोगी फल हो । फर्सीको लहराको मुन्टा, पात, फूल र फल सबै उपयोगी हुन्छ । फर्सीको मुन्टा र डल्लोमा भिटामिन ‘ए’ प्रशस्त पाइन्छ ।

Advertisement

आवश्यक पोषकतत्व फर्सीमा पाइन्छन् । कमलपित्त, क्षयरोग, बढी तिर्खा लाग्ने, कलेजोमा खटिरा भएमा औषधिका रूपमा प्रयोग गर्न सकिन्छ । कब्जियत भएमा तथा टाउको दुखेमा पनि फाइदा गर्छ ।

पायल्स र शरीरभित्र जलन हुँदा पनि फलदायी हुन्छ । गाईवस्तुमा थुनेलो रोग लागेमा पाकेको फर्सीको भेट्नु पानीमा घोटेर लगाउँदा ठिक हुन्छ । यसको लेपले विषालु किराको विष पनि हट्छ ।

बियाँ – स्वास्थ्यदेखि सौन्दर्यसम्म

फर्सीको कैडाभित्र बियाँ र गुदी हुन्छ । बियाँको अचार धेरै स्वादिष्ट हुन्छ । फर्सीको बियाँले शरीरमा भएको पत्थरी निकाल्छ भन्ने मान्यता छ । फर्सीको बियाँ छोडाई यसलाई पिँधेर ओठमा लगाउँदा ओठ फुटेको, चिरिएको तथा सुख्खापन भएको निको हुन्छ ।

निन्द्रा नलाग्ने रोगमा पनि यसले फाइदा गर्छ । रुखो कपाललाई नरम बनाउँछ । फर्सीका १०–१५ बियाँ नियमित खाँदा छाती पोलेको ठीक हुन्छ ।

पहेँलो फर्सी उसिनेर र तरकारी पकाएर खाइन्छ । भोक मेटाउन उपयोगी यसमा प्रशस्त पोषण हुन्छ । शरीरमा ऊर्जा प्राप्त हुन्छ । फर्सीमा गुलियो पानीको मात्रा बढी हुने भएकाले मोटाउने रहर गर्नेका लागि फाइदाजनक हुन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!