काठमाडौँ, ९ साउन । रुपन्देहीको सैनामैनामा अब खेतीयोग्य जमिन बाँझो राख्न नपाइने छ ।
प्लटिङका नाममा जग्गा खाली छाड्न पनि मिल्नेछैन । स–साना टुक्रामा समेत जे मिल्छ, त्यही खेती गर्नुपर्नेछ । नत्र रुपन्देहीको सैनामैना नगरपालिकाले जग्गावालाबाट जरिवाना असुल्नेछ । जरिवाना लिएर त्यस्तो जग्गा नगरपालिका आफैंले भाडामा लगाउने छ ।
खेतीयोग्य जमिनमा भएको खण्डीकरण र प्लटिङ रोक्न यस्तो गरिएको हो । कान्तिपुर दैनिकमा खबर खबर छ