काठमाडौँ, ९ साउन । सम्बन्धित व्यक्तिलाई नसोधी कसैले गोपनीयता भंग गरे तीन वर्ष कैद हुने व्यवस्थासहितको मस्यौदा तयार भएको छ । मौलिक हक कार्यान्वयनका लागि आवश्यक पर्ने १५ वटा कानूनी मस्यौदामध्ये गोपनीयताको विषयमा मस्यौता तयार भएर मन्त्रिपरिषद् पठाइएको कानून मन्त्रालयले जनाएको छ ।

Advertisement

कानूनी मस्यौताको गोपनीयतासम्बन्धी हकमा व्यक्तिको मञ्जुरीविना कसैको गोपनीयता भंग गर्न नपाइने उल्लेख गरिएको छ । गोपनीयताको हनन भएमा ४५ दिनभित्र उजुरी गर्नुपर्ने व्यवस्था मस्यौदामा व्यवस्था गरिएको छ ।

कुनै पनि व्यक्तिको मञ्जुरी नलिइकन निजको जीउ, प्रयोग गर्ने वस्तुको अनावश्यक खानतलासी गर्न नहुने मस्यौदामा उल्लेख छ ।  नयाँ पत्रिका दैनिकमा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!